एनआरएनएको नवौं अध्यक्षमा कुमार पन्तलाई जिताउन प्रवासी नेपाली एकता मञ्चको अपिल (फोटो फिचर)



२७ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९) मा अध्यक्षका प्रत्यासी कुमार पन्तलाई जिताउन प्रवासी नेपाली एकता मञ्चले सम्मेलनका प्रतिनिधिहरुलाई अपिल गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बेल्जियमका जित लामा, कतारका चाणक्य पोखरेल, अस्ट्रेलियाका धर्मराज अधिकारी, जर्मनिका नवराज रोश्यारा, अमेरिकाका संजय थापा, अस्ट्रेलियाका रमेश पाण्डे र जापानका महेन्द्र श्रेष्ठले अनुभव, क्षमता र लगनशिलताका कारण अध्यक्षमा कुमार पन्तलाई मतदान गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्षका प्रत्यासी कुमार पन्तले सबैको साझा एनआरएन बनाउन आफूलाई जिताउन एकताबद्ध ढंगले चुनावी अभियानमा लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रममा उम्मेदवारहरु आरके शर्मा, धर्मराज अधिकारी, संगिता मरहठ्ठा, सुदिप कार्की, स्वतन्त्र प्रताम शाह, अर्जुन कुमार श्रेष्ठ, गोविन्द प्रसाद गौतम, शुष्मा राई लगायतको सहभागिता थियो भने एनआरएन अभियानमा लामो समय विताएका सुरेन्द्र श्रेष्ठ, डा. कृष्ण अर्याल, श्याम पाठक, डिवी क्षेत्री, रणबहादुर केसी, दिनेश घिमिरे र कर्ण शाही लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्