एनआरएनए विश्व सम्मेलन काठमाडौंमा : अध्यक्षमा पन्त र आचार्यको दावी



२७ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९) काठमाडौंको हायात होटल बौद्धमा शुरुहुने भएको छ ।

सन् २००३ बाट शुरु भएको एनआरएनए अभियान २०१९ मा आइपुग्दा ८१ मुलुकमा राष्ट्रिय समन्वय परिषद गठन भएर अभियानमा सकृय रहेको प्रवक्ता भूषण घिमिरेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

देशका  सबै राजनीतिक दलहरू, सरकारी र गैरसरकारी संघसंस्था सहित सिङ्गो देश नै समृद्धिको नविन यात्रामा जुटेको अवसरमा हामीले पनि सहकार्य गर्ने मौका पाएका छौ । जसले हामीलाई मातृभूमिप्रति थप अपनत्व र जिम्मेवारीबोध गराएको घिमिरेले बताए ।

“म, मेरो एन आर एन ए र मेरो नेपाल” मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन हुन गईरहेको छ । माहाधिवेशनमा भागलिन ८१ वटै मूलुकबाट करिव २५ सय प्रतिनिधिले भाग लिने बताईएको छ ।

विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको समुउद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

एनआरएनए प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार आज २७ असोज बेलुका ७ बजे सम्म प्रतिनिधिहरुको नामावली दर्ता गरिने छ भने भोलि २८ गते बेलुका ८ बजे सम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने छ ।

४५ जना कार्यसमितिका पदाधिकारीहरुको निर्वाचनमा अध्यक्षमा पूर्व उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले अध्यक्षमा दावि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्