डा.केसीले सरकारी सेवाबाट अवकाश लिदैँ



२७असोज २०७६, काठमाडौं

वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले (आज) सोमबार सरकारी सेवाबाट अवकाश पाउने भएका छन्।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ पटक अनसन बसेका डा. केसीले उमेरहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्।

उनले मेडिकल कलेजले लिने शुल्क, देशका दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज स्थापना, मापदण्ड पुरा गरी मेडिकल कलेज स्थापना लगायतका विषयमा अनसन बसेका थिए।

आन्दोलनका क्रममा पटक–पटक सरकारसँग माग बारे सहमति भएपनि थोरै मात्रै पुरा भएका छन् । पछिल्लो पटक पनि आफ्ना माग सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिरहेका छन्।

पत्रकार सम्मेलन गर्दै आजबाट अवकाश प्राप्त गर्न लागेका केसीले आफ्नो कार्यकाल र आगामी दिनहरुमा आफु कसरी यस क्षेत्रमा लागि पर्ने कुराहरु उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्