१३ कार्तिकबाट डा.केसीले अनशन शुरु गर्ने चेतावनी



२७ असोज २०७६, काठमाडौं

डा.गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै कात्तिक १३ गतेदेखि १७औँ चरणको अनशन शुरु गर्ने चेतावनी दिएका छन्।

सोमबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले आफ्ना ६ बुँदे माग पूरा गर्न आग्रह गरेका छन्।

उक्त माग पूरा नभए कात्तिक १३ गतेदेखि अनशन बस्ने उनले बताएका हुन्। पटक–पटक सम्झौता भए पनि पूरा गर्न तदारुकता नदेखाएको भन्दै सत्याग्रहमा जानुको विकल्प नभएको उनले बताए।

उनले अवैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्नुपर्ने, विश्वविद्यालयहरूको नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही गर्नुपर्ने लगायत माग राखेका छन्।

यस्तै डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर तथा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्