गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु



२७ असोज २०७६, काठमाडौं

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज (सोमबार) बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।

ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्