धरानमा पेस्तोलसहित एक पक्राउ



२७ असोज २०७६, काठमाडौं

धरान उपमहानगरपालिका–९ डेरा गरी बस्ने कोशी गाउँपालिका–३ स्थायी वतन भएका २३ वर्षीय निरज कुमार राउतलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको हो।

राउतले लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भने गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्