मुटु स्वस्थ राख्नका लागि यसो गर्नुहोस्



२७ असोज २०७६, काठमाडौं

मानव शरिरका अङ्गहरुमध्ये मुटु जटिल जीवनदायी अङ्ग हो। नियमित रुपले मुटु आफ्नै गतिमा दिनरात चलिरहन्छ।

मुटुको यो नियमित चाललाई ढुक्ढुकी भनिन्छ। एक स्वस्थ मानिसको मुटु प्रतिमिनेट ७४ पटक धड्किन्छ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार, सामान्य अवस्थामा ६० देखि सय पटक मुटु धड्किनुलाई सामान्य नै मानिन्छ।

आज हामी तपाईँहरुलाई ‘मुटु’ कसरी स्वस्थ राख्ने विषयमा केही जानकारी दिदैछौँः

तपाईँ आफ्नो मुटुलाई स्वस्थ राख्नका लागि यी कुराहरुबाट सर्तक रहनुहोस्ः

–चुरोट, सुर्तीबाट टाढै रहनुहोस्।

–व्यायाम तथा खेलकुदमा सक्रिय हुनुहोस्।

–फलफूल तथा सागपात बढी मात्रामा खाने बानी गर्नुहोस्।

–मानसिक तनाव, रिस तथा उत्तेजनाबाट टाढै रहनुहोस्।

–मोटोपन घटाउनुहोस्।

–दैनिक ६–८ घण्टा सुत्नुहोस्।

–बालबालिकामा देखिने टन्सिल रोगको उपचार समसमै गर्नुहोस्।

–नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नुहोस्।

–उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल इत्यादि रोगको उपचार तत्काल गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्