एनआरएनए स्पोर्टस् एकेडेमी घोषणा तथा सचिवालय गठन



२७ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभरी छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकीकृत गर्दै खेल क्षेत्र मार्फत युवा पुस्तालाई समेट्न एनआरएनए स्पोर्टस् एकेडेमी गठन गरिएको घोषणा सभाका अध्यक्ष सुदन थापाले जानकारी गराएका छन् ।

आफ्नो मन्तव्य राख्दै उनले कोहीसँग प्रतिस्पर्धा गर्नभन्दा पनि हातेमालो गरी अगाडि बढ्ने भएकोले सहयोगीको रुपमा बुझ्न अनुरोध गर्दै एकेडेमी व्यवस्थापनको लागि दुई लाख रुपैंया सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अध्यक्ष भवन भट्टले ८० देशका एनआरएनए साथीहरुले प्रतिदेश दुई जना खेलाडीलाई सहयोग गरे नेपालको खेल क्षेत्र निकै माथि बढ्ने धारणा राखे ।

शुभकामना मन्तव्य राख्दै अध्यक्षका प्रत्यासी कुमार पन्तले युवाहरुलाई जोड्ने हाम्रो चिन्तालाई एनआरएनए स्पोर्टस् एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै व्यवस्थापनको लागि पाँच लाख व्यक्तिगत सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिनाले शुभकामना मन्तव्य राख्दै एनआरएनए स्पोर्टस् एकेडेमीले नेपालको खेल क्षेत्रलाई सहयोग पुर्‍याउने अपेक्षा राखे ।

एनआरएनए स्पोर्टस् एकेडेमीको नवगठित सात सदस्यीय सचिवालय
मुकेश कुमार परियार
रवि शाही
प्रेम राज डंगोल
धर्मराज गिरी
ज्ञानेन्द्र तिमिल्सिना
एकेन्द्र कुँवर (सदस्य राखेप)

प्रतिक्रिया दिनुहोस्