नेकपालाई चिनियाँ राष्ट्रपति सीको सन्देश



२६ असोज २०७६, काठमाडौं

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच आज भेटवार्ता भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन्।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी  थिए।

त्यस्तै, नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी भएका थिए।श्रोतका अनुसार भेटमा राष्ट्रपति सीले मुख्यत यी पाँचवटा बिषयमा जो दिएका छन्।

नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हाँसिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहने बताए।

नेपाल र चीनको सम्बन्ध प्रगाढ छ। र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ। दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउदै जानुपर्छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले यो भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ। यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ।

अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढिरहेका छौं। हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं। हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन।

नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन्। त्यसमा ध्यान दिन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्