तनहुँमा डेङ्गुका कारण २ सय जना प्रभावित



२६ असोज २०७६, काठमाडौं

तनहुँस्थित बन्दिपुर गाउँपालिकामा २ सय जना डेङ्गुका कारण प्रभावित भएका छन्। गाउँपालिकाको वडा नंं १ का अधिकांश मानिसमा डेङ्गुको संक्रमण देखिएको छ।

वडा नं १ मा मात्रै करिब २ सय जना भन्दा बढीमा डेङ्गु संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। बिरामी बढ्न थालेपछि गाउँपालिकाले डेंगु विरुद्ध सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ।

डेङ्गु विरुद्ध गरिएको अभियान प्रहरी चौकी डुमे्रबाट सुरु भइ सम्पुर्ण बजारसम्म सरसफाइ गरिएको थियोे। आफ्नो घर आँगनमा पनि सँधै सरसफाइ गर्न र झाडीहरु काटेर सफा गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्