चिनियाँ राष्ट्रपति सी काठमाडौंमा, राष्ट्रपतिले गरिन् स्वागत



२५ असोज २०७६, काठमाडौँ

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

राष्ट्रपति भण्डारीले समकक्षी सीको  सम्मानमा आज साँझ रात्रीभोज आयोजना गरेकी छन्। होटल सोल्टीमा हुने रात्रीभोजभन्दा अघि सी र नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट हुनेछ। सोल्टी होटलमा हुने उक्त भेट वान टु वान हुने देउवाको सचिवालयले जनाएको छ।

यस्तो छ राष्ट्रपति सीको कार्यतालिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान

६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।

६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।

१ः०० बजे
स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस्