
२२ असोज २०७६, काठमाडौं
म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ ।
जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो ।
अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिएका छन् ।





