चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न काठमाडौं सिंगारिँदै (१५ फोटोमा फेरिएको सडक )



१८ असोज २०७६, काठमाडौं

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका राजधानी काठमाडौं धमाधम सिंगारिँदैै छ ।

तीनकुनेमा एपीएफ सिनामंगलबाट निर्माण गर्न लागिएको बगैँचा

लामो समयदेखि हुन नसकेको चिनियाँ राष्ट्रपति तहको भ्रमण लगभग पक्का भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल देखि सोल्टी होटल र सोल्टी होटल देखि सितल निवास सम्मका सडकहरु धमाधम कालोपत्रे, रङरोगन, बगैंचा निर्माण, सरसफाई लगायतका कामहरु भईरहेका छन् ।

बानेश्वर-माईतीघर क्षेत्रको बाटो

राष्ट्रपति सी भ्रमणको आउने दिन सार्वजनिक नगरेको भएपनि आँखाले देखिने तयारीका कारण दशैं लगत्तै भ्रमण हुने सम्भावना देखिन्छ ।

तीनकुनेमा एपीएफ जवानहरु पानी खाँदै

बानेश्वर आसपासको सडकमा रङ लगाईरहेका धुलिखेल निवासी ४२ वर्षिय विष्णु गौतमले खाना खाएर दैनिक ८ सय ज्यालामा काम गरिरहेको बताए । सी भ्रमणबारे जानकारी नपाएका गौतमले दशैको कारण शहर रङरोगन गरिएको हुन सक्ने बताए ।

तीनकुनेमा बगैँचा निर्माणमा जुट्दै एपीएफ सिनामंगलका जवानहरु

गौतमसँगै काम गर्ने मेलम्चीका आकाश केसीले आज रातभरी, भोलि दिनभरी र टीका लगाएर समेत काम गरिरहने बताए भने गौतम अष्टमी मनाउन भोली धुलीखेल जादैछन् ।

सिनामंगल क्षेत्रमा काम गर्दै मजदुरहरु

नेपाल टेलिकमले बनाएको बानेश्वर बगैंचामा विरुवा छाट्दै गरेका शुरेस अधिकारीले पोखरा घर भएपनि यसपालिको दशैं काठमाडौंमै मनाउने र सुख्खा १२ सयमा दैनिक काम गरी दशैं खर्च जोहो गर्न काम गरेको बताए ।

एअरपोर्ट गेटमा काम गर्दै मजदुरहरु

सडक मर्मत गर्न किन सी भ्रमण नै चाहियो भन्ने प्रश्नमा सडक विभागका महानिर्देशक केशव कुमार शर्माले भने,”वर्षाको कारण काम गर्न पाईरहेका थिएनौ । उच्च स्तरीय भ्रमणले उर्जा थप्यो । देशकै राजधानी भएकोले यसपटक काठमाडौंका सडकहरु उच्च प्राथमिकतामा छन् । राष्ट्रपति भ्रमण पछि पनि निरन्तर काम अगाडि बढ्ने छ ।”

 

तीनकुनेमा बगैँचा निर्माणमा जुट्दै एपीएफ सिनामंगलका जवानहरु
बानेश्वरमा काम गर्दै मजदुर
बानेश्वरमा काम गर्दै मजदुर
एअरपोर्ट गेटमा काम गर्दै मजदुरहरु
सिनामंगल क्षेत्रमा काम गर्दै मजदुरहरु
आर्मी मुख्यालय नजिकको सफा सडक
सिनामंगल क्षेत्रको सफा सडक

प्रतिक्रिया दिनुहोस्