नव जागरुक युवा क्लबको गौरीघाटमा नवदुर्गा पूजा जारी



१८ असोज २०७६, शनिबार, काठमाडौँ /मुना न्यौपाने

बडादशैँको पूर्वसन्ध्यामा नव जागरुक युवा क्लबले पाशुपत क्षेत्र गौरीघाटमा नवदुर्गा पूजा कार्यक्रम आयोजना गरिरहेको छ।

गत असोज १२ गते विहान पूजा सुरु गरी सोही स्थानमा जमरा समेत सुभारम्भ गरिएको सो पूजा वडादशैँको दिन समापन हुनेछ । कार्यक्रमको व्यवस्थापनको लागि स्थानीय संघसंस्था, टोल सुधार समिति, व्यक्ति तथा भक्तजनहरुले दैनिक पूजा कार्यक्रमा सहयोग तथा सहभागिता जुटिरहँदा थप रौनकता थपिएको स्थानीयबासी भरत श्रेष्ठले बताए।

प्रत्येक दिन बेलुका ६ः००० बजे हुने भजन किर्तन, आरती पछि प्रसाद समेत वितरण गर्ने गरिएको छ । नवमीको दिन विहान ९:०० बजे कुमारी पूजा होम गर्ने कार्यक्रम रहेको र विजया दशमीको दिन विहान ८ः०० बजे जमरा तथा नवदुर्गाको टिका विवरण गर्ने कार्यक्रम रहेको नवजागरुक क्लबका संस्थापक अमृतजंग थापाले बताए।

नव जागरुक युवा क्लबले २०५७ सालमा स्थापना भई सामाजिक, खेलकुद र धार्मिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । क्लबले हनुमान पूजा, २०५८ सालदेखि महाशिवराजी पूजा, २०७१ सालदेखि गृहेश्वरी जात्रा तथा २०७१ सालदेखि विजया दशमीको अवसरमा नव दुर्गा पूजा स्थानीय संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्