एनआरएनए विश्व सम्मेलनका लागि नाम दर्ता सुरु



१८ असोज २०७६, शनिबार, काठमाण्डौं

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता हिजोबाट खुला भएको गैरआवासीय नेपाली संघको काठमाण्डौं सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा विज्ञप्ति अनुसार विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुले आफ्नो नाम दर्ता गरेका छन्। सचिवालयका अनुसार बडा दशैँ सकिए लगत्तै १० अक्टोवर बाट नाम दर्ता पुन: सुचारु हुने छ ।

सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्