
१७ असोज २०७६, काठमाडौं
पाँचथरको याङवरक २ सिलसिलेमा एक युवकको हत्या भएको छ ।
बिहिबार राती अज्ञात समुहले स्थानीय अनुमानीत ३५ वर्षिय इन्द्र बहादुर कार्कीको हत्या गरेको प्रहरीले बताएका छन् ।
यातायातको अभावका कारण शव अझै उठाउँन सकिएको छैन । जिल्लाबाट आएको टोलिले अनुसन्धान सुरु गरेको छ । र छिटै अनुसन्धान गरि हत्यारा पत्ता लगाउने छौं भनेर प्रहरीको भनाई छ ।





