
१७ असोज २०७६, काठमाडौं
नेपाल कप्युनिष्ट पार्टी काठमाडौं महानगरपालिका कमिटिद्धारा आयोजित पहिलो अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज साबित्री भुसालले पार्टी एकता ढिलो हुँदा काममा असजिलो भएकोले एकता प्रक्रिया छिटै टुङ्गीने बताउदैं पार्टीले गरेका राम्रा कामहरु प्रशंसा गर्दै टोल टोलमा पुर्याउन पार्टी सदस्यले भूमिका खेल्नु पर्ने बताएकी छिन् ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सांसद नारायण सिलवालले तत्कालिन घट्नाको आवेगमा निर्णय नर्गन कार्यकर्तालाई निर्देशन दिदैं अनेकौं प्रतिकुलताको बावजुद तिब्र रुपमा मुलुकको आर्थिक वृद्धिमा ध्यान दिनु पर्ने बताए ।
नेकपा केन्द्रिय सदस्य तथा सांसद बसन्त मानन्धरले मनमोहन अधिकारीले शुभारम्भ गरेको पार्टी केन्द्रिय कमिटिले असोज २९ गते आयोजन गर्ने चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउँदै पार्टी र सरकार विरुद्धमा भईरहेका प्रचार प्रसारलाई संगठित रुपमा प्रतिबाद गर्नुपर्ने धारणा राखे ।

नेकपा केन्द्रिय सदस्य तथा नेकपा काठमाडौं जिल्ला कमिटि सचिब हिमाल शर्माले २०७४ चैत्र मसान्तसम्म पूर्ववत पार्टीमा नबिकरण र लेबि बुझाएपछि मात्र एकिकृत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउने जानकारी गराए ।
कार्यक्रममा नेकपा ३ नं. प्रदेश कमिटि सदस्य सरिता मर्हजनले एकिकरण र एकता ढिलो भएको कारण जनतामा सहि सूचना नपुगेको बताउँदै प्रतिक्रियाबादीहरुको कुरामा नलागिकन कम्युष्टि पार्टीलाई फैलाउन दशैंले प्रेरणा दिओस् भनी शुभकामना व्यक्त गरिन् ।

काठमाडौं महानगर कमिटिका अध्यक्ष निर्मल देउलाले एकिकरणको १६ महिनापछि आफूले जिम्मेवारी पाएको बताउँदै दशैं लगत्तै महानगर कमिटिले पूर्णता पाउँने जानकारी दिदैं असोज २९ गते १२ बजे भृकुटीमण्डपमा केन्द्रिय कमिटिद्धारा आयोजित चियापान कार्यक्रममा पार्टीका सर्मथक, शुभेच्छुकहरुलाई निमन्त्रणा गर्न परिचालित हुनुपर्ने धारणा राखे । पार्टी एकताको कारण देखाई पर्व बिशेषमा आयोजना हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी सदस्य निर्बाचित वडाहरुमा वडा कार्यालय र अन्य वडाहरुमा पार्टी कमिटिले कार्यक्रम आयोजना गर्न निर्देशन दिए ।
काठमाडौं महानगर कमिटिका सचिब रबिन्द्र श्रेष्ठले मैदान खाली हुँदा विपक्षीबाट आक्रमण भएको बताउँदै पार्टी र सरकारबाट भएका राम्रा कामहरुको प्रचार गर्नुपर्ने र सुधार गर्नुपर्ने बिषयहरु पार्टी कमिटिमा राख्नुपर्ने बताए ।
काठमाडौं महानगर कमिटिका अध्यक्ष निर्मल देउलाको अध्यक्षता, पार्टी सचिब रबिन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेकपा ३ नं. प्रदेश कमिटि सदस्य निर्मल कुईकेल, प्रदेश सांसद गणेश दुलाल, योगेन्द्र पौडेल लगायत प्रत्येक वडाबाट २ जनाको दरले पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।





