यसकारण हुन्छ पायल्स



१७ असोज २०७६, काठमाडौं

परिवर्तित समयसँगै भिन्न जीवनशैली, खानपानका कारण मानिस अनेकौं रोगबाट पिल्सिरहेका हुन्छन्।

मानिस रोगको ‘शिकार’ बन्नुको मूख्य कारक तत्व नै लापारवाही जीवनशैली हो।

जुन रोगमध्ये ‘पायल्स’ पनि एक हो। पायल्स जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि हुनसक्छ।

दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ। मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ। कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ। यही रोग नै पायल्स हो ।

जुन रोग लाग्दा कतिपयलाई रगत आउने सम्भावना हुन्छ भने कतिजनालाई नआउन पनि सक्छ। पायल्स हुनुको मूख्य कारण खानपान र जीवनशैली नै हो।

चिकित्सकहरुका अनुसार, पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तैः चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउने जस्ता समस्या उत्पन्न हुन्छ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगका कारण हुन्।

शरिरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुने सम्भावना हुन्छ। पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका भे हुँदैनन्।

केही उपचारले ठीक भएजस्तो भएपनि यो समस्या पुनः दोहोरिन चिकित्सकहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्