नियमित स्तनपानले घटाउँछ मोटोपनः एक जापानी रिपोर्ट



१७ असोज २०७६, काठमाडौं

पौष्टिक आहारका कारणले होस या जंकफुड खानाले होस, हिजोआज बच्चाहरुको तौल चाहिने भन्दा बढी बढ्ने गरेको पाईन्छ।

आफ्नो आमाको दुध राम्रोसँग खान नपाएका भएपनि बालबालिकाहरु बजारमा पाइने विभिन्न आहार खानाले मोटो–घाटो भने देखिन्छन्। अझ विकसित देशहरुमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ।

तर अनुसन्धानका अनुसार, जो बच्चाले लामो समयसम्म आमाको दुध खाना पाएको अर्थात स्तनपान गर्न पाएको छ उसमा मोटोपन हुनु सम्भावना निकै कम हुन्छ। हालै जापानमा गरिएको एक अध्ययनबाट सो कुरा पत्ता लागेको अनुसन्धानकर्ताहरुको भनाई छ।

४३ हजार बच्चाहरुमा गरिएको अध्ययनमा जो बच्चालाई ६ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेसफिडिङ’ गराइन्छ त्यो बच्चामा मोटोपन हुनेसम्भावना १५ प्रतिशत कम हुन्छ। बरु बलियो दह्रो र फुर्तिलो हुन्छ। अनुसन्धान भन्छ, बच्चाको मात्रै होइन आमाको स्वास्थ्यमा समेत फाइदा जनक हुन्छ।

अनुसन्धानले लामो समय आमाको दुध खाने बच्चाको पेटको समस्या, सक्रमण तथा एलर्जी हुने सम्भावनाबाट बचाउछ । अध्ययनमा ७ – ८ बर्षका कम तौल भएका बच्चा, सामान्य तौलका बच्चा र बढि तौल भएका बच्चा समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्