नेपाल टेलिकमको फोरजी सेवा अब सातै प्रदेशमा !



१६ असोज २०७६, बिहिबार, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्सिबमार्फत कुराकानी गरेर शुभारम्भ गरेको सेवा अब देशव्यापी रुपमा फोरजी/एलटीई सेवाको शुरुवातसँगै नेपालले डिजिटल अर्थतन्त्र निर्माणको युगमा फड्को मारेको छ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम लामो समयदेखि जनताको जीवनयापनको पद्धतिका रुपमा अघि बढिरहेको बताउँदै कम्पनीमा सञ्चालित ९ वटा ठूला परियोजना मध्ये फोरजी/एलटीई सेवाको विस्तार पहिलो सफलताको पाइला भएको बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुबले नेपाल टेलिकमले विस्तार गरेको फोरज/एलटीईले अर्थपुर्ण रुपले मानिसलाई जोड्ने बताए।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारले प्राथमिकतामा राखेको फोरजी/एलटीई मोबाइल सेवाको विस्तारबाट मुलुकलाई डिजिटलाइज्ड गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै उत्पादन, अर्थतन्त्र, वितरणदेखि सूचना र ज्ञानको विस्तारमा यसले चमत्कारिक गतिशीलता ल्याउने विश्वास गरे।

 

 

प्रतिक्रिया दिनुहोस्