भर्खरै काठमाडौंमा टिपर र मोटरसाईकलको ठक्करमा एकको मृत्यु



१६ असोज २०७६, काठमाडौं

थानकोटमा टिपरको ठक्करबाट एक जनाको निधन भएको छ ।

थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा एक जनाको निधन भएको र १ जना घाईते भएको प्रहरीले बताएका छन् ।

थानकोटबाट कंलकी आउँदै गरेको बा.२६प ४९०३ नम्बरको मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको टिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्