महरा प्रकरणः पत्रकार शिवाकोटीलाई बारम्बार धम्कीपूर्ण कल



१६ असोज २०७६, काठमाडौं

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको समाचार सार्वजनिक गर्ने हाम्राकुराका सम्पादक अजयबाबु शिवाकोटीलाई धम्की आउन थालेको छ।

शिवाकोटीले अज्ञात नम्बरबाट बारम्बार धम्कीपूर्ण कल आउने गरेको बताउँदै आफ्नो सुरक्षाका विषयमा ध्यानाकर्षण गराएका छन्।

समाचार सार्वजनिक भएलगत्तै अनेक किसिमका धम्की आएको पत्रकार शिवाकोटीले बताएका छन्। उनले आफूमाथि नेकपाका कार्यकर्ताले आक्रमणको योजना बनाएको समेत खुलाएका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र संचारमाध्यमसँग सुरक्षाका बिषयमा ध्यानाकर्षण गराएका हुन्।

‘सुरक्षा निकायलगायत सत्तारुढ दल तथा विपक्षी दलहरुका नेतृत्व, नागरिक समाज र आम संचारमाध्यमको पनि मेरो सुरक्षा विषयमा ध्यानाकर्षण होस्।’ उनले ट्वीटमार्फत भनेका छन्।

प्रतिक्रिया दिनुहोस्