कामपा १ को चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)



१६ असोज २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं १ ले आयोजना गरेको वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् ११४० तथा छट पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नन्दिकेश्वर बगैंचामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार परराष्ट्रविद् डा. राजन भट्टराई, नेकपा प्रदेश नं ३ का प्रदेश कमिटी सदस्य निर्मल कुईकेल, नेकपा काठमाडौं महानगरका अध्यक्ष निर्मल देउला, कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, स्थानीय नेता शौरव दवाडी लगायत अन्य स्थानीय तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्