नेपाली राष्ट्रिय क्रिकेट टोली ओमन जाँदै



१६ असोज २०७६, काठमाडौं

सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजमा आयोजक सिंगापुरसँग मात्र जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमन जाँदै छ।

पाँच राष्ट्र सम्मिलित टि–२० सिरिजमा सहभागि हुन नेपाल सिंगापुरबाट सिधै ओमान जान लागेको हो। नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीका अनुसार टोली दिउँसो श्रीलंकन एयरलायन्सबाट ओमान जानेछ।

ओमानमा पर्सिबाट टि–२० सिरिज सुरु हुँदैछ। नेपालको पहिलो खेल भने आइतबार छ।

आइतबार हङकङसँग खेल्दै सिरिज यात्रा सुरु गर्ने नेपालले सोमबार नेदरल्याण्डको सामना गर्नेछ। २२ गते बुधबार आयरल्याण्डसँग खेल्ने नेपालले २३ गते बिहिबार आयोजक ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्