
१६ असोज २०७६, काठमाडौं
बलात्कारको आरोप लगाउने रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी छिन्।
सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएपछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रक्रिया अगाडी बढाएकी हुन्।

आजैको मितीदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको रोशनीका श्रीमान चित्रजंग शाहीले बताए। यो घटनासँगै महरा प्रकरण नयाँ मोडमा पुगेको छ।
रोशनीले डिभोर्सका लागि श्रीमानसँग कानुनी प्रक्रिया अगाडि बढाउने जनाएकी छिन्।
रोशनीका श्रीमानले दुईजनाबीचको सहमति फेसबुकबाट समेत सार्वजनिक गरेका छन्।





