पार्टी एकता प्रभावित पार्न प्रदेश सांसद कार्कीले गुटभेला गर्दै



१६ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला सदस्य तथा काठमाडौं ४ ‘ख’ का प्रदेश सांसद कुसुम कुमार कार्कीले पार्टी एकता प्रभावित गर्नेगरी गुट भेला आयोजना गर्न लागेको नेकपा काठमाडौंका एक जिल्ला सदस्यले जानकारी गराएका छन् ।

आगामी शनिबार विहान ७ः३० बजेदेखि मिलन पार्टी प्यालेस, कपनमा आयोजना हुन गइरहेको कार्यक्रममा मुख्यत प्रदेश सभाको हैसियतले हालसम्मका कामको जानकारी तथा वडादशैंको शुभकामना आदानप्रदान भनिएपनि गुटगत विषयमा छलफल हुने स्रोतले बताएको छ ।

पार्टी एकताको काम नटुङ्गिएको कारण नेकपा बूढानीलकण्ठले समेत पार्टी एकता प्रभावित हुने देखिएकोले हालसम्म कुनै कार्यक्रम आयोजना गरेको छैन । तर सांसद कार्कीले कम्युनिष्ट पार्टीको संगठनात्मक पद्धति बिपरीत आफ्नो प्रभाव देखाउन करिब एक दर्जन जिल्ला कमिटी सदस्य रहेको कपन क्षेत्रमै कार्यक्रम आयोजना गर्नु विरोधाभासपूर्ण रहेको अर्का जिल्ला कमिटी सदस्यले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्