१९ औं इन्द्र स्मृति फुटबल प्रतियोगितामा मझेरी युवा क्लब विजयी (फोटो फिचर)



१५ असोज २०७६, काठमाडौं

१९ औं इन्द्र स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा उपाधी बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को मझेरी युवा क्लबले बूनपा ९ को प्रगतिशील युवा क्लबलाई ६–२ गोल अन्तरले पराजित गरी उपाधी हात पारेको छ ।

माहाँकाल युवा क्लबद्वारा आयोजित स्वर्गीय इन्द्र बहादुर तामाङको १९ औं इन्द्र स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम हुने क्लबले नगद रु ४० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने द्वितियले नगद रु ३० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट प्लेयर महाँकाल युवा क्लबका सञ्जिव तमाङ, बेस्ट गोल किपर मझेरी युवा क्लबका लक्ष्मण थापा र हायस्ट स्कोरर मझेरी युवा क्लबकै विवश पण्डीत भएका थिए ।

कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेल, प्रदेशसभा सदस्य दिपक निरौला, कुसुम कार्की, बूनपा वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ, बूनपा ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत अन्य खेलप्रेमी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गत ८ गते बाट शुरु भएको १९ औं इन्द्र स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका २२ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्