पूर्व सभामुख ‘महरा’ काण्डको समाचार अमेरिकाको प्रतिष्ठित पत्रिका न्यूयोर्क टाइम्समा पनि !



१५ असोज २०७६, काठमाडौं

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको बलात्कारको आरोप र राजीनामा प्रकरणबारे अमेरिकाको प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले पनि समाचार छापेको छ।

न्युयोर्क टाइम्सका लागि भद्र शर्माले महरामाथि संसदकी कर्मचारीले बलात्कारको आरोप लगाएको लेखेका छन्। समाचारमा आइतबार रातिको घटनाका कारण महरामाथि राजीनामाको दबाब परेको उल्लेख छ।

समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले महरालाई राजीनामा दिन भनेका थिए। त्यसलगत्तै महराले राजीनामा दिए। तर, महरा सांसदका रुपमा रहिरहने समेत सोहि समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्