त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा



१५ असोज २०७६, काठमाडौं

दोस्रो त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

मूल आयोजना समितिका संयोजक ओम प्रकाश श्रेष्ठका अनुसार तौथली स्थित जपसिले खेल मैदानमा हुने प्रतियोगितामा गाउँपालिका भित्रका ८ टिमको सहभागीता हुनेछ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीय युवाहरुलार्ई लक्षित गरी प्रतियोगिताको आयोजना गरिएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले बताए ।

नकआउटका आधारमा हुने खेलमा गाउँपालिका का ६ वटा वडाबाट विभिन्न ८ टिमले दर्ता गराएका छन् । खेल असोज १७ गते देखि २० गते सम्म संचालन हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा विजेतालाई ट्रफिसहित प्रथम र द्वितियलाई क्रमश ६५ हजार, ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगितामा सहभागि टिमहरुलाई जर्सिका साथै नगद रु २५ हजार तयारी खर्च खेलकुद विकास समितिले उपलब्ध गराउने छ । प्रतियोगिताको उद्घाटन खेल तौथली–ए र घोर्थली बिच हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्