‘युवा संगम परिवार’द्वारा स्मारिका विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न



१४ असोज २०७६, काठमाडौं

संगम युवा परिवारले ‘संगम स्मारिका –२०७६’ विमोचन तथा नजिकिँदै गरेको दशैं तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार नेचासल्यान गाउँपालिका ५ देउरालीस्थित संस्थाको कार्यालयमा आयोजित एक समारोहबीच संस्थाको स्मारिका विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले स्थानीय स्तरमा थुप्रै संघसंस्थाहरु स्थापना हुने भएपनि बिलाउने संघसंस्थाको संख्या पनि उही संख्यामा हुँदै गर्दा युवा संगम परिवार अविछिन्नसम्म आएकोमा खुसी व्यक्त गर्दै गाउँपालिका सँधैं परिवारको साथमा रहेको बताए।

यस्तै स्मारिकामाथि समीक्षा गर्दै सोलुखुम्बुका पुराना साहित्यकार लोचनकुमार शर्माले स्मारिका अत्यन्त राम्रो ,सान्दर्भिक र अन्तराष्ट्रिय स्तरका लेख रचनाहरु समेटिएको बताए।

संस्थाका अध्यक्ष जसधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेचासल्यान गाउँपालिकाका २ नं वडाध्यक्ष भेषकुमार बाँस्तोला, ५ नं वडाअध्यक्ष राजनकुमार राई, नेकपा नेचासल्यान गाउँपालिकाका अध्यक्ष जंगन्नाथ बाँस्तोला, नेपाली कांग्रेस नेचासल्यान गाउँपालिकाका सभापति निरकुमार शर्मा लगायत स्थानीय संघ संस्थाका पदाधिकारी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको संस्थाका सचिव उद्योग राईले परिवर्तन खबरलाई जानकारी दिए।

युवा संगम परिवार विसं २०५२ सालमा स्थपना भइ ०७० बाट औपचारिक रुपमा चलिरहेको संस्था हो।

प्रतिक्रिया दिनुहोस्