बूनपा १० मा निःशुल्क स्वास्थ्य परीक्षण तथा दीर्घरोगी पहिचान शिविर सम्पन्न



१४ असोज २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निःशुल्क स्वास्थ्य परीक्षण, दीर्घरोगी पहिचान तथा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ नागरिक समाज बूनपा १० को संयोजनमा भएको कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत वडावासीको उपस्थिती रहेको थियो ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य परीक्षण लगायतका सेवाहरु वडाले आगामी दिनमा पनि पुनः संचालन गर्दा वडावासी बुवाआमाहरुको स्वास्थ्यमा कम समस्या हुने बताए । साथै वृद्धवृद्धाहरुलाई वडा कार्यालयबाटै भत्ता वितरण गरिरहेको जानकारी समेत वडाध्यक्ष भट्टराईले दिएका छन् ।

निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा आज मंगलबार ६६ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा औषधी लिएको जानकारी शहरी स्वास्थ्य प्रवर्धन केन्द्र कपन जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले परिवर्तन खबरलाई दिएकी छिन् ।

वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप, सुगर, प्रेसर, दम, बाथ लगायतका रोगहरु देखा परेको जनस्वास्थ्य अधिकृत खरेलले बताईन् । खरेलले यस किसिमका रोग न्यूनिकरण गर्न मर्निङ वाक (विहान हिड्ने), योगा गर्ने र शारिरिक कसरतका कामहरु गर्नु उपयुक्त हुने बताए ।

त्यसैगरि दन्त परीक्षण कान्तिपुर डेण्टल एण्ड जेनेरल हस्पिटल बसुन्धाराको सहयोगमा भएको थियो । २८ जना दाँत चेकगर्ने मध्ये सबैजसो वृद्धवृद्धाको दाँत नयाँ राष्नुपर्ने, दाँत किराले खाएका कारण उखेल्नु पर्ने लागायतका समस्या देखा परेको हस्पिटलका म्यानेजर शैलेस कुमार पण्डीतले बताए ।

प्रतिक्रिया दिनुहोस्