बूनपा ११ र १२ को सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा डा. राजन भट्टराई आउँदै



१४ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ र एकीकृत महिला बिकास समिति बूनपा ११ ले विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को अवसरमा आयोजना गर्ने सम्मान तथा चियापान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी हुने भएका छन् ।

बूनपा १२ वडा कार्यालयले आयोजना गर्ने कार्यक्रममा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मानको साथै शुभकामना आदानप्रदान र चियापान कार्यक्रम २०७६ असोज १५ गते विहान ७ बजेदेखि ईभरसाईन पार्टी प्यालेसमा हुनेछ ।

त्यसैगरी एकीकृत महिला बिकास समिति बूनपा ११ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विहान ८ः३० देखि वडा कार्यालयको भवनमा हुने संस्थाकी अध्यक्ष भवानी देउजा भट्टराईले परिवर्तन खबरलाई बताईन् ।

प्रतिक्रिया दिनुहोस्