काठमाडौंको कपनमा लक्ष्मी बैंकको नयाँ शाखा : सेवाग्राही उत्साहित



१३ असोज २०७६, काठमाडौं

लक्ष्मी बैंकले सोमबार आज दुईवटा नयाँ शाखाको औपचारीक रुपमा उद्घाटन  गर्दा सेवाग्राही उत्साहित बनेका छन् ।

बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा आफ्नो ११४ औँ शाखा मोरङको रंगेलीमा र ११५ औँ शाखा काठमाडौंको कपनमा एकै दिनबाट कारोबार शुरुवात गरेको हो ।

बैंकको उद्घाटन भए लगत्तै धेरै सेवाग्राही लक्ष्मी बैंकको सेवा सुविधाको कारण हामी खाता खोल्न आएका हौ भन्ने आवाज सुनिएको थियो । उद्घाटनको केही समय पछाडी २ सय भन्दा बढि सेवाग्राहीले खाता खोलेर कारोबार गरेको शाखाले बताएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित कपनमा ११५ औं शाखाको उद्घाटन गर्दै संचालक समितिका सदस्य दिनेश पौडेलले खुशी ब्यक्त गर्दै  सेवाग्राहीहरुलाई धन्यवाद ज्ञापन गरे ।

काठमाडौं कपन शाखाकी म्यानेजर रचना तुलाधरले बूढानीलकण्ठवासी  सेवाग्राहीको अझ थप विश्वास जित्दै अन्य बैंकहरुको तुलनामा छिटो र छरितो रुपमा मुस्कान सहितको सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाईन् ।

४८ जिल्लाका विभिन्न ११५ स्थानमा लक्ष्मी बैंकका शाखा, १४० एटिएम र ४ हस्पिटल सेवा काउन्टर लगायतका सुविधा रहेको छ ।

हाल बैंक मार्फत कार्ड बिनाको एटिएम सर्भिस, इन्टरनेट बैंकिङ्ग, मोवाईल बैंकिङ्ग सेवा प्रदान, लक्ष्मी मुद्दती खाता तथा एटिएम बाट रिचार्ज सर्भिस लगायतको सुविधा रहेको अजय पुडासैनीले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्