
१३ असोज २०७६, काठमाडौं
र्पूवी रोल्पाको एक खोलामा बस खस्दा चालकसहित दुईको मृत्यु भएको छ ।
ग १ ख ५५७३ नम्बरको मस लुंग्री खोलामा खस्दा चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले बताएका छन् ।
बस नदीको बीचमा फसिरहेकाले यात्रु कति थिए एकिन हुन नसकेको प्रहरीले जानकारी दिएका छन् । बस सडकबाट दुईसय मिटर तल नदीमा खसेको बताइएको छ ।





