प्याब्सकको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न



१३ असोज २०७६, काठमाडौं

नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)ले बडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तथा छठ लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्याब्सकका संस्थापक अध्यक्ष केदार पुडासैनी, नेशनल प्याब्सन प्रदेश नं ३ का सचिव भूपेन्द्र खत्री, नेशनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारी, प्याब्सकका कार्यवहाक अध्यक्ष नारायणबाबु तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।

शुभकामना आदान–प्रदान कार्यक्रममा सामाजिक सुरक्षा कोष, सामूदायिक विद्यालयमा सरकारको दायित्व, नीजि विद्यालयहरुको हकहित लगायतका विषयमा छलफल गरिएको थियो ।

प्याब्सकका कार्यवहाक अध्यक्ष नारायणबाबु तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य नेशनल प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष विष्णु पराजुली र संचालन प्याब्सक महासचिव गेन्द्र लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्