
१३ असोज २०७६, काठमाडौं
रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
रुइनिबाङ बजारको जिप पार्कमा फर्काउने क्रममा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो।
दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै ज्यान गएको छ।
रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा रहेको बस यात्रु लिन जाने क्रममा ब्याक गर्दा खोलामा खसेको प्रहरीले जनाएको छ।





