दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश ‘नेपाल’



१३ असोज २०७६, काठमाडौं

नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन्।

सोही अवसरमा प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे।

उनले जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराउँदै सबैलाई धन्यवाद समेत दिए।

सन् २०११बाट सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो।

नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्