यसकारण हुन्छ योनीको क्यान्सर



१३ असोज २०७६, काठमाडौं

क्यान्सर एक दीर्घ र नसर्ने रोग हो। जुन रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ।

क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ। विशेषगरी महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर एक हो।

यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो।

योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ।

योनीको क्यान्सरबाट धेरै महिला पीडित छन्।

त्यसैले जान्नुहोस् योनीको क्यान्सर हुने कारणः

–ह्युमन प्यापुलमा भाइरसको संक्रमण

–कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन्छ।

–धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नाले,

–योनी फोहोर राख्नाले,

–महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नाले,

नोटः जसले गर्दा योनीमा संक्रमण हुन्छ र पछि यही संक्रमण क्यान्सरमा परिणत हुन्छ।

प्रतिक्रिया दिनुहोस्