‘वाक् स्वतन्त्रता छ भन्दैमा मनपरी बोल्न पाइन्दैन’



१३ असोज २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा वाक् स्वतन्त्रता रहेको र त्यसको प्रयोगमा कुनै बन्देज नभएको बताएका छन्।

सोमबार ललितपरको सैंबु आवास क्षेत्र भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको सिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वाक् स्वतन्त्रताका नाममा मनपरी बोल्दै हिँड्ने छुट भने कसैलाई पनि नभएको बताए।

‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो तर नन् इस्यूलाई इस्यू बनाएर जसरी पनि विरोध गर्ने शिलशिलामा चलेको छ। यी शिलशिलामा चलिरहन्छन्, सरकार आफ्ना उद्देश्यमा अडिग रहन्छ।’

प्रतिक्रिया दिनुहोस्