अनियमित महिनावारीको समस्याबाट छुटकारा पाउन यसो गर्नुहोस्…..



१२ भदौ २०७६, काठमाडौं

महिनावारी भनेको शारीरिक परिवर्तन मध्ये एक परिवर्तन हो।

यो हाम्रो शरिरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ। महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो।

पछिल्लो समय प्रायः महिलाहरुमा महिनावारीमा अनियमितता हुने समस्या बढ्दो रहेको छ। विशेषगरी किशोरीहरुका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ।

आधुनिक जीवनशैली, वातावरणीय प्रदुषण र शहरी खानपानमा आएको परिवर्तनका कारण धेरैजसो किशोरीहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको महशुस हुनु र दैनिकी तनावपूर्ण हुनु अहिले सामान्य भइसकेको छ।

अनियमित रुपमा महिनावारी हुँदा पेट, कम्मर र ढाडमा हुने पीडा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो र कष्टपूर्ण हुने गर्दछ।

त्यसैले, अपनाउनुहोस् यी समस्याबाट छुटकारा पाउन यी उपायको बारेमा:

गाजरः

गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्न लमदत गर्दछ।

स्त्रीरोग विशेषज्ञका अनुसार, एक गिलास गाजरको रसको सेवनले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ।

मेवाः

महिनावारी भएको बेला मेवा खानु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ।

धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ। यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने चिकित्सकहरुको भनाई छ।

दुधः

दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, त्यसैले महिनावारीको पिडालाई कम गर्नका लागि एक गिलास दुध पिउने गर्नुहोस्।

जसले तपाईँको क्याल्सियमको कमीलाई पूरा गरिदिनका साथै पीडाबाट आराम मिल्छ।

 

त्यस्तै, तातो पानीले नुहाउनुहोस् तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुन्छ।

अदुवा:

एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस्। यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुहोस्।

जसले पीडाबाट मुक्ति पाउन सक्नुहुन्छ।

तुलसी:

पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर पिउनुहोस्। तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ।

धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस्।

व्यायाम:

हुुन त हामीले दिन–दिनै व्यायाम गर्नु जरुरी छ। तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो।

उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्