हिमालय एअरलाइन्स्को नयाँ ब्राण्ड पहिचान सार्वजनिक



१२ असोज २०७६, काठमाडौं

हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नया लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ ।

हिमालयको निर्देशिका सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरेको जानकारी गराएको छ ।

रणनीतिक योजनासँगै एअरलाइन्स्को नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्स् व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३ २० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

आबुधावी, दमाम र दोहालाई नेपालस“ग जोड्दै एअरलाइन्स्ले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । केवल दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा संचालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । क्रमिक विकासको प्रक्रिया अन्तर्गत एअरलाइन्स्ले आफ्नो संस्थागत लोगोलाई परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ, जसले बल, सामञ्जस्यता र शान्तिलाई अंकित गर्दछ ।

हिमालय एअरलाइन्स् द्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ  लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्