
१२ असोज २०७६, काठमाडौं
अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनामाथि छुरा प्रहार भएको छ।
पाँच जनामाथि छुरा प्रहार भएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएको सिन्ह्वाले जनाएको छ।
जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ।
ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन्।
बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ।
छुरा प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताए।
छुरा प्रहार गर्नेले किन छुरा प्रहार गरेको हो भन्ने अहिलेसम्म खुल्न नसकेको त्यहाँको प्रहरीको भनाइ छ।





