
१२ असोज २०७६, काठमाडौं
गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन्।
वडा कार्यालय र बरदान अस्पताल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले बताए।
नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पुर्याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उनले बताए। शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले बताए।
त्यस्तै, शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ब्लड गु्रपिङ गरिएको थियो ।





