दशैं सुरु, आज जमरा राख्ने दिन



१२ असोज २०७६, काठमाडौं

हिन्दूहरुको महान् चाड दशैं आइतबार(आज)बाट औपचारिक रुपमा सुरु भएको छ।

आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा जमरा राखेर औपचारिक रुपमा दशैंलाई भित्र्याइँन्छ।

बडादशैंको नवरात्रमध्ये आज पहिलो दिन हो। आजदेखि सुरु भएको दशैं पूर्णिमासम्म(कोजाग्रत पूर्णिमा) हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। आज घटस्थापनाका दिन वैदिन विधिपूर्वक राखेको जमरा दशैंको टीका लगाउँदा लगाइदिने प्रचलन छ।

घटरस्थापनका लागि नेपाल पञ्चांग निर्णयक समितिले आइबार(आज) बिहान १०ः३५ को साइतलाई उत्तम मानेको थियो। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ।

आजका दिन पूर्ण कलसको जल पनि राखिन्छ। सोही जलले अभिषेक गरी आजकै दिन राखिएको जमरा दशैंमा लगाइदिने प्रचलन छ। जमरा जौ उमारेर बनाइन्छ।
कसैकसैले जमरामा जौबाहेक गहुँ मकैको प्रयोग गर्ने गरे पनि जौबाहेक अन्यलाई जमराका रुपमा प्रयोग गर्ने शास्त्रीय मान्यता नरहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्