‘भ्रष्टाचारविरुद्ध बोल्नेलाई मुक्का, दुई तिहाइको उपहार उखान टुक्का’



१२ असोज २०७६, काठमाडौं

भ्रष्टाचार विरुद्धको अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटपछि हाँस्यकलाकार केदारप्रसाद घिमिरे(माग्ने बूढा)ले फेसबुकमा गजबको स्टाटस् पोष्ट गरेका छन्।

उनले एक स्टाटस पोष्ट गर्दै शनिबार ‘भ्रष्टाचारविरुद्ध बोल्नेलाई मुक्का, दुई तिहाइको उपहार केवल उखान टुक्का’ भन्दै सरकारको व्यङ्ग्य गरेका छन्।

चितवनको चौबिसकोटीमा राखिएको भ्रष्टाचार विरुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्वद्ध विद्यार्थीहरुले राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं भन्दै कार्यक्रम बिथोल्न शाहीमाथि कुटपिट गरेका थिए।

चौबिसकोटीस्थित होटल ग्लोबल बाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको थियो।

प्रतिक्रिया दिनुहोस्