कम सुत्ने मानिसमा मोटोपनको जोखिम



११ भदौ २०७६, काठमाडौं

आधिकांश मानिसमा मोटोपन शत्रु बन्दै आईरहेको छ। त्यसैले,मानिस आफु स्लिम बन्नका लागि अनेकौं उपायहरु अपनाईरहेका हुन्छन्।

जुन उपायमध्ये मानिस मोटोपनबाट छुटकारा पाउनका लागि कम सुत्ने पनि गर्दछन्।

किनभने धेरै सुते झन् मोटाइन्छ भन्ने त्रासले कम सुत्ने गर्दछन्। तर, एक अनुसन्धानका अनुसार कम सुत्ने मानिसमा पनि मोटाउने समस्या झन् देखिएको छ।

अनुसन्धानका अनुसार, एघार देखि सोह्र बर्षका किशोरीहरुमा कम सुतेका कारण उनीहरुको तौल बढिरहेको छ।

आँकल्याण्ड क्यालिफोर्नियाका अनुसन्धानकर्ताका अनुसार, जो किशोरी ढिलो गरेर सुत्छन्, उनमा मोटाउने सम्भावना बढि हुन्छ र जो किशोरी समयमै सुत्ने, समयमै उठ्ने गर्छन् उनको तौल ठिक्कको हुन्छ।

यस अध्ययनका लागि किशोर उमेरका केटा र केटीको सत्ने बानीका हिसावले तौल लिइएको थियो। अध्ययनका क्रममा उनको कम्मर साइज र शरिरको फिटनेशलाई मापन गरिएको थियो।

खानपान, शरीरिक गतिविधि तथा अन्य बानीमा सुधार गर्दा पनि कम सुत्ने किशोरीहरुको तौल बढेको अनुसन्धानकर्ताले बताएका छन्। त्यसैले, पुरा निन्द्रा निदाउनुपर्ने उनीहरुको सुझाव छ।

 

प्रतिक्रिया दिनुहोस्