प्रधानमन्त्री मोदीले फेरी गरे बुद्धबारे झुटो प्रचार : भारतलाई बुद्धभूमीको संज्ञा



११ असोज २०७६, काठमाडौं

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हामी यो देशका नागरिक हौं जसले युद्ध नभएर बुद्ध दिएको छ’ भनी अभिव्यक्ति दिएका छन् ।

बुद्धको विषयलाई लिएर भारतीय प्रधानमन्त्रीहरुले पटकपटक झुटो बोल्दै आएका छन् । मोदी नेपाल आउँदा बुद्धको जन्मभूमी आउन पाएकोमा गर्व लाग्ने बताउँछन् भने अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतलाई बुद्धको देश भनी झुटा प्रचारमा लिप्त रहन्छन् ।

महासभामा मोदीले हिन्दी भाषामा गरेको १७ मिनेटको सम्बोधनमा १३ औं मिनेटमा, ‘हम उस देशके वासी हे, जीसने दुनियाँको युद्ध नही बुद्ध दिए हे’ भनी बुद्ध भूमिबारे फेरी विवाद सिर्जना गरेका छन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो प्रभाव बढाउन नसक्नुको कारण पटकपटक बुद्धभूमीबारे गलत प्रचार भईरहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले गरेको विवादास्पद सम्बोधन :

 

प्रतिक्रिया दिनुहोस्