स्तन क्यान्सर स्वयं आफै पत्ता लगाउने तरिका जान्नुहोस्



१० असोज २०७६, काठमाडौं

स्वस्थ जीवन हरेक मानिसको रोजाई हो। स्वस्थ मानिस सधैँ खुशी पनि रहन सक्छ।

तर, जुन खुशीमा बाधक बनेर आउँछ–‘रोग

‘रोग’ मानिसको शत्रु हो। जसको उमेर,लिग, धनी–गरिब, धन–सम्पतीसँग कुनै सम्बन्ध हुँदैन।

प्रायः मानिस विभिन्न रोगको संक्रमित हुनुको मूख्य कारण आफ्नै लापारवाही जीवनशैली हो।

जुन रोगहरुमध्ये ‘स्तन क्यान्सर’ पनि एक हो। महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दास्रो नम्बरमा रहेको चिकित्सकहरु बताउँछन्।

नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिन थालेको सम्बन्धित अनुसन्धानकर्ताहरुको भनाई छ।

विवाहपश्चात् सन्तान नभएका, स्तनपान नगराउने महिला १० वर्षसम्म परिवार नियोजनको चक्की तथा हर्मोनको उपयोग गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन्।

तर,स्तन क्यान्सर शुरुमै पत्ता लगाउन सकेमा यसको उपचार पनि सम्भव छ। स्तन क्यान्सर भए नभएका महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन्।

त्यसैले, आज हामी तपाईहरुलाई आफैले परीक्षण गरेर स्तन क्यान्सर कसरी पत्ता लगाउने?

जुन विषयमा रहेर यी जानकारी तपाईहरुसामू पस्कदैँ छौंः

विशेषगरि स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा वा नुहाउँदा सहजै थापा पाउन सकिन्छ। यस्तै, ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न पनि सकिन्छ।

ऐना अगाडि उभिएर:

–ऐन अगाडि उभिएर आफ्नो दुबै स्तनलाई राम्रोसँग हेर्नुहोस्। दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिएर हेर्नुहोस्।

–दुबै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्नुहोस्।

–दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हुर्नूहोस्। यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रष्ट भएर आउन सक्छ।

सुतेर:

–देब्रे काखीको मुनि एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडी राखेर सुत्नुहोस्। दाहिने हातको बीचमा तीनवटा औंलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्नुहोस्।

यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रुपमा स्तनको सबै भागको जाँच गर्नुहोस्।

दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रिया अनुसार जाँच गर्नूहोस्। अन्ततः स्तनको मुन्टोलाई पालै–पालो गरी बुढी औंला र चोर औलाको बीचमा राखेर निचोर्नुहोस्।

–स्तनको मुन्टोबाट रगत वा फोहोर पदार्थ आउँछ की आउँदैन त्यो राम्रोसँग नियाल्नुहोस्।

–स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्नुहोस्।

नुहाउँदा:

–नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ।

–यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सक्नुहुन्छ। देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रुपमा जाँच गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्