वैवाहिक जीवनलाई सुमधुर बनाउन यसो गर्नुहोस्…..



१० असोज २०७६, काठमाडौं

भनिन्छ, परिवर्तन संसारको नियम हो। हामी पनि यही संसारको एक बस्तु भएकाले हामीमा पनि परिवर्तन आउनु स्वाभाविकै हो।

तर, यही परिवर्तनले प्रायः कति ठाउँमा राम्रो काम गरेपनि कहिलेकाहीँ यसले समस्या समेत सिर्जना गर्ने गर्दछ। जसरी हाम्रो जीवनमा शारीरिक र मानसिक स्तर समेत परिवर्तन हुँदै जान्छ।

यसले हाम्रो जीवनसाथीसँगको सम्बन्धमा समेत केही समस्या पनि सिर्जना गर्नसक्छ। विशेषगरी विवाहको समयमा तथा भर्खरैको प्रेममा एक–अर्कालाई जत्ति वास्ता गर्दै गईरहेको हुन्छ। त्यत्ति वास्ता सधैँभरि गर्न नसक्दा यसले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा समेत समस्या सिर्जना गर्न सक्छ।

विवाह पश्चात् जब मानिस व्यवहारबाट थिचिँदै जान्छ। विवाहको समयलगत्तै एकअर्कालाई एकदमै ध्यान दिने पतिपत्नीले समय बित्दै जाँदा विविध कारणले एकले अर्कालाई पर्याप्त ख्याल गर्न सकिरहेको हुँदैन।

जसले गर्दा सम्बन्धमा समस्या सिर्जना हुनसक्छ। तर, यसलाई दुबै पक्षले ध्यान दिएर व्यवहार गर्ने हो भने सामान्य व्यवहारबाट पनि आफ्नो सम्बन्धलाई सधैँ एकै किसिमले अघि बढाउन सकिन्छ।

जसका लागि यी जानकारी तपाईहरुका लागिः

आफ्नो व्यवहार नबदल्नुहोस्ः

अधिकांश मानिसले सम्बन्धमा समस्या आउन थालेपछि आफ्नो व्यवहार बदल्ने गर्दछन्। फेरि कतिपयः मानिसले सम्बन्धमा समस्य नआएपनि समय अनुसार व्यवहार बद्लिएको देखिन्छ।

तर, दीगो सम्बन्धको लागि यस्तो भने कदापी गर्नु हुँदैन। यस्तो अवस्थामा कुनै पनि हालतमा आफ्नो पुरानो व्यवहार बदल्नु हुँदैन।

जस्तो कि बिहान उठेर ओछ्यान् छाडनुपूर्व आफ्नी साथीलाई चुम्बन् गर्नु या त कामबाट फर्किएपछि साथीसँग अँगालोमा बाँधिनु जस्ता व्यवहारहरुमा परिवर्तन ल्याउनु हुँदैन।

यसरी देख्दा सानो लाग्ने कुराहरुले नै सम्बन्धलाई सधैँ मजबुत बनाईराख्न मदत गर्दछ।

सधैँ प्रशंसा गरौँः

सम्बन्धलाई लामो समयसम्म पहिले जस्तै चलाईराख्नको लागि एकले–अर्काेलाई प्रशंसा गर्न कहिल्यै कन्जुस्याईं गर्नुहुँदैन।

आफ्नो साथीले कुनैपनि राम्रो काम गरिरहेको छ भने त्यस्तो अवस्थामा उसको तारिफ गरौँ।

यस्तो अवस्थामा आफ्नो साथीको प्रशंसा गर्ने मौका आफ्नो हातबाट गुमाउनु भने पक्कै पनि हुँदैन।

साना साना कुराहरुमा ध्यान दिनु

सम्बन्धलाई सधैँ राम्रोसँग चलाई राख्नको लागि विवाहको समयताका आफ्नो जीवनसाथीसँग जस्तो व्यवहार गर्ने गरिन्थ्यो। त्यस्ता स–साना कुराहरुमा ध्यान दिईराख्नु पर्दछ।

जसले गर्दा सामान्य मनमुटावमा पनि जीवनसाथीहरुबीच फाटो पैदा हुँदैन। यसमा हरेक दिन नयाँ कुराबाट मात्रै अरुलाई प्रभावित गर्नुपर्छ भन्ने जरुरी छैन।

नियमित रुपमा आफ्नो जीवनसाथीलाई वास्ता गरिरहनुले नै सम्बन्धमा फाटो आएको परिवारमा समेत पुर्नमिलन भएर पहिले जस्तै सम्बन्ध सुमधुर बन्न सक्छ।

पुरानो यादः

केही समय निकाले कहिलेकाहीँ आफ्नो साथीसँग बसेर पुरानो याद पुरानो समयको घटनालाई याद गर्ने गरौं। जब तपाईंहरुसँगै बसेर खुबै हाँस्नुभयो भने तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउन मदत पुर्याउँछ।

आफ्नो जस्तोसुकै राम्रो समयलाई पनि साथमा बिताउने गर्नुपर्दछ। सम्भव भएसम्म भर्खरै आफ्नो साथीसँग भेट्दा रमाईलो भएको ठाउँमा फेरि पनि जाने वा जान नसकेपनि सँगै बसेर स्मरणमात्रै गरेपनि यसले सम्बन्धलाई धेरै राम्रो गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्