नेपाल भ्रमण वर्षको प्रचारमा विदेशी नागरिक ‘एलेक्स’(भिडियो सहित)



१० असोज २०७६, काठमाडौं

नेपाल सरकारले मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सहयोग पुर्‍याउने ध्येयका साथ लगातार एथ्लेटिक्स ग्रुप अफ स्टूडेन्ट्स(RAGOS) ले नर्वेको ओस्लोमा भ्रमण वर्षको प्रचार थालेको छ।

सरकारले नेपाल भमण वर्ष मनाएर सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ। सरकारको लक्ष्यलाई आफ्नो ठाउँबाट सहयोग गर्ने भन्दै नर्वेमा अध्ययन तथा बसोवास गरिरहेका विद्यार्थीहरुको स्वत:स्फुर्त समूह रागोसले ओस्लोमा प्रचार प्रसार अभियान थालेको हो।

प्रचार अभियानमा करिब ७० जनाको सहभागिता रहेको रागोसका एक सदस्य माधव माफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार भ्रमण वर्षलाई नर्वेमा एक विदेशीले स्वत:स्फुर्त रुपमा प्रचार गर्दै आएका छन्। नर्वेमा बस्ने #Alexander Slocombe नामका बेलायती नागरिकले नर्वेका विभिन्न ठाउँमा नेपाली गीत गाएर भ्रमण वर्षको व्यानर सहित प्रचार गरिरहेका छन्।

आफूलाई #Alex Nepali भन्न रुचाउने उनी नागरिकको कार्यलाई थप हौसला प्रदानको निम्ती पनि रागोस लागेको उनको भनाई छ।

आइतबार रागोसले ती नागरिक सहितको उपस्थितिमा नेपाली भेषभूषासहित भ्रमण वर्षको प्रचार गरेको छ। सांगीतिक कार्यक्रमसहित गरिएको प्रचारमा धेरै विदेशीहरुले चासो राखेका थिए।

रागोसले नेपाल भ्रमण वर्षको प्रचारमा आगामी दिनमा थप कार्यक्रम गर्ने योजना रहेको रागोसका अर्का सदस्य विक्रम बस्नेतले जानकारी दिए।

आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर डेनमार्कमा रहेको Embassy of Nepal Denmark र Nepal Tourism Board सँग छलफल गर्ने तयारी भइरहेको बस्नेतको भनाई छ।

नेपाली गीत गाउँदै अलेक्स नेपालीः

प्रतिक्रिया दिनुहोस्